भूकम्पपीडितको माग सम्बोधन गर्न प्रशासनमा ज्ञापनपत्र

वास्तविक भूकम्पपीडितको पुनः दर्ता हुनुपर्ने, रातो कार्ड पाएर पनि हाल सुचिमा नरहेकालाई पुनः सामेल गर्नुपर्ने, बैकल्पिक ब्यवस्था गरिनुपर्ने, प्राविधिक टोलीद्वारा अबलोकन निरिक्षण हुँदा छुटेकाहरुलाई सेतो कार्डको ब्यवस्था हुनुपर्ने, आंशिक क्षति भएकालाई पनि मर्मतको लागि रकम विनियोजन गर्नुपर्ने तथा पूर्ण रुपमा ध्वस्त भएका घर गोठको मुल्याङन गरि सोहि आधारमा अनुदान दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो।
सरकारले लालपुर्जा मात्र भएका भुकम्प पीडितलाई अनुदान रकमको सम्झौता गर्ने नीति ल्याएको भन्दै समितीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझएका एमाले मकवानपुरका जिल्ला सदस्य दलबहादुर वाईवाले बताए ।