दिपकरत्न बज्राचार्यको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३ घोषित


यसैगरीको  नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठले बाजी मारे ।
 
 
 
त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल तथा  घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले बाजी मारे । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते भने फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । 
 
 
 
 
 
आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको  फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजम’मा सम्बर्दन बज्रचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो । ‘ मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस’मा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै  ‘फोटो स्टोरी’मा सागर क्षेत्रीको फोटा उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए । 
 
 
 
 
 
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण भारतका वरिष्ठ फोटोग्राफर प्रसान्त पन्जियार अध्यक्षतामा रहेकोे  निर्णायक मण्डलले बिजेता सहित उकृष्ट फोटोहरु छानेको हो । यही १३ साउन २०७३  काठमाडौंमा सम्पन्न भएका निर्णायक चरणका निणार्यक मण्डलमा, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ  फोटोपत्रकारद्धय देबेन्द्रमान सिह , नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा रहेको थियो । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ । दुईदिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ५० फोटो छानिएका छन् देशभरबाट यसपालीको प्रतियोगितालाई ८ सय ११  व्यवसायिक र एमेच्योर फोटोग्राफरले  ६ हजार ६ सय ७० फोटो पठाएका थिए ।
 
निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन् ।  काठमाडौंमा यही भाद्र १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।
 
 
 
 
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको नेपाल फोटो प्रतियोगितामा समावेश  सात विधाअन्तर्गत आइएमएस डेली लाईफ’मा १ हजार ४ सय ३५, ‘घुमफिर २०७३ कल्चर तथा टुरिजम’मा १ हजार ३ सय ३, ‘ नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर’मा १ हजार ३ सय ४१, ‘ अर्घाखाची सिमेन्ट  न्यूज फोटो’मा ४ सय १५, ‘मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस’मा ३ सय ७ , ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा ९ सय ९८  र  ‘फोटो स्टोरी’मा ९७ वटामा  ८ सय ७१ फोटो प्रतिस्पर्धामा थिए ।
 
 
 
प्रतियोगितालाई आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्य रहेको छ । नेपाल पर्यटन र्बोडले  प्रबर्दन गरेको  यस प्रतियोगितालाई आइएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स ,आरजे स्पोर्टस विधागत प्रायोजन गरेको छ। बिपी कोईराला नेपाल भारत फाउन्डेशन ,टान , एडभान्चर स्र्पोट्स, नेपाल एअरलाईन्स, भायनेट डिस होम , रैका टुर्स, एन्फा , सिटीभी मोबाइल र बुम इन्टरनेश्नलले सहयोग गरेका छन् ।
 
 
प्रतियोगिताको प्रिन्ट पार्टनरमा फोटो हलिउड, मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक, रिपब्लिका, शुक्रबार, अन्नपूर्ण पोष्ट, द हिमालयन टाइम्स, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका, अभियान दैनिक, कर्पोरेट, आर्थिक, कमाण्डर पोष्ट, पोखरा हटलाइन र दैनिक नेपालगन्ज छन् । यसैगरी टेलिभिजन पार्टनरमा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, इमेज च्यानल, एभिन्युज टेलिभिजन, हिमालयन टीभी, छन् । अनलाइन पार्टनरमा इकान्तिपुर, अनलाइनखवर, सेतोपाटी, बिजमाण्डु, पहिलो पोष्ट , नागरिक न्यूज, रिपब्लिका, बाह्रखरी, अन्नपूर्णपोष्ट, लोकान्तर, माइसन्सार र रातोपाटी रहेका छन् भने रेडियो पार्टनर रेडियो कान्तिपुर रहेका छन् ।

All news in One Place