अजित मिजार मारिँदा, सेती परियारलाई दिसा खुवाइँदा पनि किन मौन छन् गैरदलित ?
चाहे त्यो मधेशी दलित होस्, पहाडी दलित होस्, हिमाली दलित होस् वा नेवार दलित होस्
फरक यति मात्रै हो : विभेद कतै बढी छ भने कतै कम ।
काभ्रे पाँचखाल बस्ने अजित मिजारले सँगै पढ्ने पराजुली थरकी युवतिसँग प्रेम विवाह गर्दा उनको हत्या गरियो ।
त्यस्तै, दाङ ज्यामिरे बस्ने २० वर्षे सेती परियारलाई बोक्सीको आरोप लगाएर कुटपिट गदै दिसा खुवाइयो ।
यी दुवै एक हप्ताभित्र सतहमा आएका घटना हुन् । यी दुवै पहाडमा भएका घटना हुन् र पीडित पनि पहाडी दलित नै भएका छन् ।
घटनामा संलग्न पहाडी समुदायका उपल्लो जातिहरु छन् ।
यी दुवै घटना एकदमै अमानवीय र निन्दनीय छ । यसको म घोर विरोध गर्छु ।
साथै पहाडी समुदायका साथीहरुलाई केही विगतका कुरा पनि स्मरण गराउन चाहन्छु ।
जब मधेशीहरु संविधानमा असन्तुष्टि राखेर हक अधिकारको लागि आवाज उठाइरहेका थिए उहाँहरु मधेशमा दलितमाथि मधेशीहरुले नै विभेद गर्ने कुरा तेर्साएर पहाडमा दलितमाथि विभेद नगरेको ठोकुवा गर्नुहुन्थ्यो ।
जब मधेशीहरु संविधानमा असन्तुष्टि राखेर हक अधिकारको लागि आवाज उठाइरहेका थिए उहाँहरु मधेशमा दलितमाथि मधेशीहरुले नै विभेद गर्ने कुरा तेर्साएर पहाडमा दलितमाथि विभेद नगरेको ठोकुवा गर्नुहुन्थ्यो ।
यदि उहाँहरुको भनाइ सही हो भने किन अजित मिजारले ज्यान गुमाउनु पर्यो ?
किन सेती परियारलाई अमानवीय व्यवहार खप्नु पर्यो ?
उहाँहरुमाथि यस्तो अमानवीय व्यवहार हुँदा किन गैरदलितहरु मौन बसेका छन् ?
नेपाली सामाजिक संरचना दलित मैत्री छैन । अझै पनि दलितहरुमाथि विभेद कायम नै छ ।
चाहे त्यो मधेशी दलित होस्, पहाडी दलित होस्, हिमाली दलित होस् वा नेवार दलित होस् । फरक यति मात्रै हो : विभेद कतै बढी छ भने कतै कम ।
कोही जन्मजात अछूत भएर जन्मिँदैन । जातिगत रुपमा विभाजन गर्ने काम हामीले नै गरेका छौँ ।
सबैसँग मानवीय व्यवहार गरौँ र सभ्य समाज निर्माण गर्न एकजुट हौऔँ ।