स्थानीय विकास मन्त्रालयको कार्यकक्ष भित्रैबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ चोरी

 
काठमाडौं, १२ साउन, । स्थानीय विकास मन्त्रालयको कार्यकक्षभित्रैबाट आज आइफोन, ल्यापटप र एक लाख रुपैयाँ चोरी भएको छ ।

मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षभित्रैबाट उक्त नगद र जिन्सी सामान बुधबार दिउँसै चोरी भएको हो ।

उक्त सामान त्यही कार्यरत कर्मचारीले चोरको हुन् । अहिले चोरको तिब्र रुपमा खोजि कार्य जारी राखिएको छ।

स्थानीय विकास मन्त्रालय सिंहदरबार भित्रै छ । जहाँ चौबिसै घण्टा नेपाली सेना, नेपाल प्रहरी, गुप्तचर निकाय र सिसिटिभीले निगरानी गरेको हुन्छ ।

यसरी सुरक्षाको दृष्टिकोणले अति बलियो ठानिएको मुलुककै प्रमुख प्रशासनिक निकाय भित्रै चोरी हुन्छ भन्ने सुन्दा अचम्मै लाग्छ ।

मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाले भने ’म  कार्यालयमा आइसकेपछि मेरो कोठामा प्रवेश गरी सामान राखें । अनि  मिटिङका लागि अर्को कोठामा गएँ । पैतालिस मिनेटपछि फर्किंदा मैले राखेको ठाउँमा सामान थिएन म चकित भएँ ।’

उक्त रकम कसले चोर्‍यो त्यसको अहिलेसम्म कुनै पत्तो लागेको छैन । चोर पत्ता लगाउन प्रहरीले मन्त्रालयका सबै कर्मचारीहरुलाई खानतलासी गरेको छ ।

मन्त्रालयभित्र खोजि गर्दा उक्त रकम र जिन्सी सामान फेला नपरेपछि अहिले सिंहदरवारको दक्षिण गेटबाट बाहिरिने कर्मचारी र सर्वसाधारण सबैको शरीर र झोला प्रहरीले खानतलासी गरिरहेको छ ।

मन्त्रीको गाडी बाहेक कार, भ्यान, मोटरसाइकल, साइकल, र पैदल यात्रुहरुलाई पनि प्रहरीले जाँच गरिरहेको छ ।

प्रहरी र कर्मचारीले सक्रिय रुपमा खोजी गर्दा पनि उक्त रकम र सामान नभेटिएपछी कतै उपसचिव चिरञ्जीवी तिमल्सिनाले नाटक पो गरेका हुन् कि भन्ने खासखुस हल्ला पनि गरिएको  छ। यथार्थ के हो प्रहरी अनुसन्धानबाट पक्कै खुल्ने छ।

All news in One Place