मैत्रीपूर्ण खेलका लागि भारतीय राष्ट्रिय महिला भलिबल टोली नेपालमा
काठमाडौँ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न भारतीय राष्ट्रिय महिला भलिबल टोली बुधबार नेपाल आइपुगेका छन् । नेपाली राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण खेल खेल्न १४ सदस्सीय भारतीय महिला टोली नेपाल आएको हो ।
नेपाल भलिबल संघको निमन्त्रणामा भारतीय टोली नेपाल सँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका हो । नेपाली महिला भलिबलको विकासमा टेवा पुगोस भन्ने उदेश्यले भलिबल सघले मैत्रीपूर्ण खेल खेलाउन लागेका हुन् । भारतीय टोलीलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के र सदस्य ज्योति केसीले स्वागत गरेका थिए ।
नेपाल र भारतका महिला टोलीले बिहीबार र शुक्रबार राष्ट्रिय खेलकुद परिसद् (राखेप) को कबर्डहलमा दुई मैत्रीपूर्ण खेल खेल्ने छन् । मैत्रीपूर्ण खेलका लागि नेपाल आएका भारतीय टोलीमा एसियन र साग गेम्स खेलेका खेलाडीहरुको बाहुल्यता छ ।
भारतीय टोलीको कप्तानमा पूर्णिमा एमएस रहेका छन् । अन्य खेलाडीहरुमा टेरेन आन्टेनी, जिनी केएस, रेखा एस, निर्मल, श्रुती एम, नर्मदा पी, प्रति सिंह, अस्मिसा केएस, निशा जोसफ, अस्मिनी के र प्रियंका खेड़कर रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा बैशाली कडतेर र सहायक प्रशिक्षकमा प्रविन शर्मा छन् ।