मकवानपुर
»
मकवानपुरको जनप्रिय नमुना बिद्यालयमा छनौट
मकवानपुरको जनप्रिय नमुना बिद्यालयमा छनौट
।
युक्तलाल बिश्वकर्मा हेटौंडा, साउन ११
नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा बिभाग अनतर्गतको सामुदायिक बिद्यालय ब्यबस्थापन शाखाले नमुना बिद्यालय छनौट सम्बन्धमा जिल्ला शिक्षा कार्यालयहरुलाई जारी गरेको पत्र अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ हटिया चिसापानी मकवानपुरको श्री जनप्रिय उच्च माध्यमिक बिद्यालय ९ प्राबिधिक शिक्षालय ० नमुना बिद्यालयमा छनौट हुन सफल भएको छ । शिक्षा मन्त्रालयको मिति २०७३असार २६ गते बसेको सचिब स्तरीय बैठकले जनप्रिय लगायत ११ वटा बिद्यालयहरुलाई नमुना बिद्यालयको रुपमा छनौट गर्ने निर्णय गरेको हो ।

बिद्यालयको भौतिक पुर्वाधार , विद्यार्थी संख्या ,शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलाप लगायत अन्य पक्षहरुका अधारमा बिद्यालयहरु नमुनामा छनौट भएका हुन । छनौट भएका बिद्यालयहरुमा श्री हनुमन्तेश्वर माबि काभ्रे दोलखा ,श्री त्रिभुवन त्रिशुली माबि बिदुर नपा नुवाकोट, श्री प्रभा माबि कात्तिके देउराली काभ्रेपलान्चोक, श्री बाघभैरब माबि ठोकर्पा सिन्धुपाल्चोक, श्री जनप्रिय माबि हेटौंडा उमनपा १९ मकवानपुर,श्री कालिका हिमालय माबि धैबुङ कालिकास्थान रसुवा, श्री निलकण्ठ माबि धादिङबेसी धादिङ ,श्री रुम्जाटार माबि गोरखा नपा कुन्दुर गोरखा, श्री जनसेवा माबि पाँगा काठमाडौ र श्री श्रीपद्म माबि दरबार स्क्वायर भक्तपुर रहेका छन । ।