पाँचवटा सरकारी कार्यालयमा सूचना माग

हेटौंडामा रहेका पाँच वटा  सरकारी कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, वन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गरिएको छ । 
आर्थिक वर्ष २०७२/०७३ मा खर्च गरिएको इन्धन र त्यसबापतको भुक्तानी विवरण तथा सवारीसाधन प्रयोगसम्बन्धी लगबुकको प्रमाणित प्रतिलिपि र अतिथि सत्कार शिर्षकमा खर्च गरिएको रकमको विलभर्पाइको प्रमाणित प्रतिलिपि माग गरिएको सूचनाको हकका लागि नागरिक अभियान मकवानपुरका संयोजक कुमार अधिकारीले बताए । 
जिल्लाका कानून व्यवसायी, व्यवसायी, नागरिक र पत्रकारहरुको १६ जनाको समूहले सूचनाको हक अनुसार सूचनाहरु माग गरेका हुन् । सूचना माग गर्नेहरुमा पत्रकार गिरिजा अधिकारी, कृष्ण सारु, हरि हुमागाई, राज सापकोटा, मनोज ढोडरी, प्रदिप गौतम, रुपेश दुलाल, प्रमोद अधिकारी, सुवास तिवारी, धु्रब अधिकारी, अधिवक्ता ऋषि केबी, व्यवसायी कृष्णराज कोइरालालगायतका छन् ।

All news in One Place