लक्षित बजेटबाट थाहानगरका ८४ जना कम्प्युटर सिक्दै

थाहा नगरपालिकाको दलित लक्षित बजेटबाट कम्प्युटर तालिम संचालन भएको छ । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७२/०७३ को दुईलाख रुपियाँ बजेटबाट तालिम भइरहेको  छ । तालिमको संयोजना थाहानगर स्तरीय दलित संजालले गरिरहेको थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश कुमार लामाले बताए । तालिम थाहा नगरपालिकाको शिखरकोट र बज्रवाराहीमा संचालन भइरहेको छ ।
तालिमको ९ असारमा थाहा नगरपालिकाले अनुगमन गरेको छ । 
कार्यकारी अधिकृत भिम बहादुर परियार सहित योजना शाखा प्रमुख लामा, सूचना शाखाका सुरजकुमार भुजेल, नगर स्तरीय दलित संजालका अध्यक्ष जमिन दियाली लगायतकाको उपस्थितीमा अनुगमन गरिएको हो । तालिममा सहभागीहरुले सैद्धान्तिकको साथसाथै प्रयोगात्मक सिकाईलाई प्राथमिकतामा राख्न कार्यकारी अधिकृत परियारले बताए । तालिममा विभिन्न सिफ्टमा गरेर थाहा नगरपालिका क्षेत्रका ८४ जनाको कम्प्युटर सिकिरहेका छन् । 

All news in One Place