हेटौँडामा मनाईयो सिन्नुपानी दिवस

हेटौँडा/‘मे फस्ट’ अर्थात मजदुर दिवसको दिनमा हेटौँडामा विभिन्न पार्टीका संगठनहरु नारा जुलुस तथा विविध कार्यक्रममा  ब्यस्त रहदा हेटौँडा २ मा रहेको वनस्खण्डीमा भने हास्य माहौल बन्यो । हास्य ब्याङ्य साहित्यको धरोहरको रुपमा रहेको सिस्नुपानी नेपालले आफ्नो १९ औ वार्षिकोत्सव हेटौँडामा मनाउँदै गर्दा सिस्नुपानीका केन्द्रीय तथा जिल्ला स्तरका कविहरु ब्यङ्ग्यत्मक कविता, मुक्तक, गजल तथा प्रहसन मार्फत हसाउँदै थिए । 
कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै सिस्नुपानी नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण गाम्नामेले आफ्ना चर्चित कविताहरु राष्ट्रिय ए..कता, नेपाल सरकारलाई सहयोग, तथा मुला कविता मार्फत उपस्थित भएकाहरुलाई हसाएका थिए । उता नागरिक कविको रुपमा चर्चा पाएका अर्जुन पराजुलीले त्यसैले दारी पालेको, तिम्रो छोरा त के छोरा लगाएतको कविता मार्फत दर्शकलाई हसाएका थिए । उनीहरुको कवितामा हास्य मात्र नभएर नेपालको राजनीति, समाजप्रति ठुलो ब्याङ्ग्य पनि थियो । 
कार्यक्रममा मकवानपुरका कविहरु सुनिल गौतम, पुरुषोत्तम आचार्य, सुवाश खनाल, आर सि रिजाल, देबराज खरेल, मिनप्रसाद लामिछाने लगाएतले पनि हास्य विधाका कविता तथा रचनाहरु प्रस्तुत गरेका थिए । सिस्नुपानी नेपाल मकवानपुर तथा साहित्य संगम मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

All news in One Place