हामीलाई दूई राष्ट्र मान्य छैनः न्यौपाने

नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) नारायणीद्वारा १ सय २७ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सिमरामा आयोजित सभामा बौल्दै न्यौपानेले मधेसी मोर्चाले उठाएको मागहरुको सन्दर्भ जोड्दै उनले मधेसी पहाडी जुनसुकै जातका भएपनि श्रमजीवि ज
नता भएको हुँदा वर्गीय आन्दोलनले नै एकता गर्ने बताए । उनले राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादतर्फ जानुपर्ने भन्दै संविधान जारी गर्दा हस्ताक्षर गर्ने नेपाली काँग्रेस र नयाँ शक्तिको नामका बाबुराम भट्टराईहरु विरोध गरिरहेका बताए । संविधान जारीपछि नेपाल पहिलो पटक स्वतन्त्र भएको र भारतवेष्ठितबाट भूपरिवेष्ठित हुनुपुगेको उनको भनाई रहेको छ ।
कार्यक्रममा नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपमहासचिव जनक चौधरी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसद वलवीर चौधरी, नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, जिफण्टका गोमा तिमल्सिना, महासंघका राष्ट्रिय कमिटीका सदस्य अमर यादव, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष सुन्दर विश्वकर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए भने सभाको अध्यक्षता महासंघका अञ्चल समन्वय कमिटीका अध्यक्ष कमलेश झाले गरेका थिए ।