मकवानपुरमा २ हजार वटा फिल्टर बाँडिदै
अन्तराष्ट्रिय गैर सरकारी संस्था सिडेक नेपालले मकवानपुरमा २ हजार वटा फिल्टर वितरण गर्ने भएको छ । फिल्टर वितरण विहिबारबाट हेटौंडाको पदमपोखरीमा रहेको महेन्द्र उच्चमाविबाट सुभारम्भ गरिएको छ । संस्थाले महेन्द्र उच्चमाविलाई ५० वटा फिल्टर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रवि मैनालीको अध्यक्षता तथा जिल्ला विकास समिती मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा संयुक्त वडा कार्यालयका अधिकृत गंगा चौलागाईं, खानेपानी तथा सरसफाई डिभीजन कार्यालय हेटौंडाका सिनियर टेक्निसिएन सञ्जय ठाकुर, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष रुपा खुलाल लगायतको आतिथ्यता थियो । संस्थाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरको मनहरी, हाडीखोला, पदमपोखरी लगायत विभिन्न क्षेत्रका विपन्न परिवारलाई फिल्टर वितरण गरिने जनाएको छ । सिडेकले नेपालको मकवानपुर, सिन्धुपाल्चोक र काभ्रेमा गरी ५ हजार वटा फिल्टर बाँड्ने लक्ष्य बनाएको सिडेकका अध्यक्ष रवि मैनालीले जानकारी दिनुभयो ।
शिव चाैलागाइ/हेटाैंडा