बैंकिङ तथा तथा इन्स्योरेन्स तालिम सकियो

 नेपाली सिने कलाकार करिष्मा मानन्धरले विद्यार्थीको क्याम्पस स्तरबाटै क्षमता र दक्षता अभिबृद्धि गर्ने तालिम “समृद्धि हाम्रै पालामा”को हेटौंडामा समापन गरेकी छिन् । नयाँ शक्ति नेपाल समर्थित विद्यार्थी संगठनको मकवानपुर बहुमुखि क्याम्पस इकाई कमिटिको आयोजनामा सञ्चालित ९ दिने बैंकीङ तथा इन्स्योरेन्स तालिमलाई समृद्धि हाम्रै पालामा नाम दिइएको हो । 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रिय परिषद् सचिवालय सदस्य समेत रहेकी कलाकार मानन्धरले सबैलाई सकारात्मक सोच लिएर अघि बढ्न आह्वान गरेकी थिइन् । शुरुवाती तहमा सबैलाई अनौठो लाग्ने नयाँ शक्ति वास्तवमै स्वच्छ, स्पष्ट जनसेवी भावना भएका विचारहरु समूह रहेकोले देशलाई समृद्धितर्फ उन्मुख गर्नेमा आफु विस्वस्त रहेको तर्क गर्दै विशुद्ध जनताको सेवा गर्ने सोचका साथ आफु यस अभियानमा सक्रिय रहेको बताउनुभयो । उहाँले यस अभियानमा आम विद्यार्थी मात्र नभई देशलाई समुन्नत बनाउने  अभियानका तपाई हामी सम्पुर्ण जनताको हातेमालो आवश्यक रहेको औल्याउनभयो ।
मकवानपुरे विद्यार्थी अभियानमा आफु सरिक हुन पाउँदाको खुशी व्यक्त गरेकी मानन्धरलाई आयोजकले मायाको चिनो प्रदान गर्दा हेटौंडावासीको मायालाई सहृदयी धन्यवाद व्यक्त गरिन । तालिमका प्रशिक्षार्थीलाई प्रमाण पत्र तथा तालिम सञ्चालनमा सहयोग गर्नेलाई कदर पत्र समेत वितरण गरेकी थिइन । उनको सम्मानमा गायन तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । 
विद्यार्थी आन्दोलनलाई सिर्जनात्मक तथा विद्यार्थीको क्षमता तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अभियन्ता अमृत बर्तौलाले जानकारी दिनुभयो । इकाइ संयोजक झलक छत्कुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा निबन्ध लामा, ज्योति रायमाझि, शेरबहादुर पहरी, प्रकाश थोकर, बच्चुराम अधिकारी, श्रवण बर्तौला, दिपक श्रेष्ठ लगायतकाले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

All news in One Place