वनमा लागेको डढेलो गाँउमा छिरेपछि भूमेस्थानमा ४ घर नष्ट
२४ चैत धादिङ धादिङको भूमेस्थान गाँउ विकास समिति वडा नं २ डाँडा गाँउमा आगालागी भएको छ । मकवानपुरको आग्रा ७ मा रहेको सामुदायिक वनमा लागेको आगोको मुस्लो गाँउमा छिरेपछि आगो लागेको हो । आगालागीबाट गाँउमा रहेको ८ वटा घरमा क्षति पुगेको छ । गाँउमा रहेको ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ४ वटा घरमा सामान्य क्षति पु¥याएको छ । आगोले डाँडागाँउका कृष्णबहादुर तामाङ, योगबहादुर तामाङ, यदुराज तामाङ र कान्छा तामाङको घरमा रहेको अन्नपात, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको छ भने यदुराज तामाङको ४ वटा बाख्रा समेत मरेको भूमेस्थानबाट कुमार विश्वकर्माले जानकारी दिए । आगो निभाउनका लागि स्थानीयले पहल गरेका थिए । स्थानीयले नसकेपछि सशस्त्र प्रहरी, जनपथ प्रहरीले आगो नियन्त्रणमा ल्याएका छन् ।
फाइल फाेटाे २०७२ फागुन २२ मा थाहा नगरपालिका २ काे वनमा लागेकाे अागाे । |