सार्वजनिक भयो सरिताको "रातो सारीमा" भिडियाे सहित"

नेपाली गीत संगीत क्षेत्रमा गायिका सरिता प्रजापतिको स्वरमा सजिएको ‘रातो सारीमा’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा अफ्सना थापा र अश्मिक लम्सालको मोडलिङ रहेको छ । म्यूजिक भिडियोमा गायिक प्रजापतिले आफ्नो भूमिकालाई पनि स्थान दिएकी छिन् । स्वास्थ्य क्षेत्रमा राम्रो करिअर बनाएकी प्रजापति पछिल्लो समयमा गायन क्षेत्रमा थप अब्बल बन्दै गएकी छिन् ।
म्युजिक भिडियोमा मोडल अफ्सना थापाले आफ्नो जवानीको रंग देखाउदै अश्मिक लम्साललाई लैजाऊ बरु रातो सारीमा भन्दै आफूतिर आकर्षण गरेको भिडियोमा देख्न पाइन्छ । ‘रातो सारीमा’ बोलको गितमा गोबिन्दप्रसाद उपध्यको शब्द र अनिश श्रेष्ठको संगीत रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियो मनोज विष्टले निर्देशन गरेका छन् । नेपालकै ललितपुरको रमणीय सिकारी क्षेत्रमा छायांकन गरिएको भिडियोको नृत्य निर्देशन भने सन्तोष राजबाहकले गरेका हुन् ।

All news in One Place