कविता प्रतियोगितामा आयुष अब्बल
अनेरास्ववियु पालुङ बहुमुखी क्याम्पस कमिटिकोे आयोजनामा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
पालुङ सहित्य परिषद्का अध्यक्ष लक्ष्मण बतौलाको प्रमुख आथित्यता तथा पालुङ बहुमुखी क्यापस प्रमुख रामहरि अधिकारीको विशेष आतिथ्यमा भएको प्रतियोगितामा आयूष विक प्रथम भएका छन । थाहाको प्रतियोगितामा भुमला थिङ द्वितीय र शिखा विक तृतीय भए । आठ जनाको सहभागिता रहेको प्रतियोगिताको सोही क्यापसका शिक्षक विजयबाबु बस्नेत र तोयानाथ काफ्ल निर्णायक रहेका थिए । कार्यक्रम अनेरास्ववियु क्याम्पस समितिका अध्यक्ष राजन कार्कीले सञ्चालन गरेका थिए । कार्यक्रम पालुङ क्याम्पस कमिटि उपाध्यक्ष रिश्ता खत्रीको सभाध्यक्षतामा भएको थियो ।
प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि बर्तौलाले पुरस्कार वितरण गरेका थिए ।