भीमफेदीमा एक्साभेटर बेवारिसे

कुलेखानी काठमाण्डौ सुरुङमार्ग निर्माण थालनी गर्ने भन्दै मकवानपुरको भीमफेदी ल्याइएको एउटा  एक्साभेटर हेभी इक्युपमेण्ट चिसापानी बगरमा बेवारिसे अवस्थामा छ । एक्साभेटर दुई वर्षदेखि वेवारिसे अवस्थामा भीमफेदीको चिसापानी बगरमा रहेको छ । 

बगरमा रहेको एक्साभेटर गाई बाख्रा चराउने गोठालाहरुको खेल्ने सामाग्री जस्तै भएको स्थानीय चन्द्र सिंह वाइबाले बताए । मेशिनका ढोका, भ्यालका सिसा सबै फुटीसककाछन् । डिजल ट्याङ्कीको पाइपबाट चुहिएको अबस्थामा छ । मेशिनको चेन गडेर खिया लागेर धसिएको छ । 
भीमफेदमिा वेवारिसे अवस्थामा रहेको उक्त एक्साभेटर हेभी इक्युपमेण्टको प्रयोग स्थानिय विकास निर्माणमा प्रयोग गर्न नपाइने नियम छ । सुरुङ निर्माणको लागि मकवानपुरको भीमफेदी गाविसबाट मात्र एक करोड बढि शेयर नेपाल पुर्वाधार बिकास कम्पनीले संकलन गरेको थियो । 
वेवारिसे अवस्थामा रहेको उक्त मेशिन भीमफेदीका बासिन्दाले उपभोग गर्न पाउनुपर्ने स्थानीयको माग छ ।  यस अघि वेवारिसे अवस्थामा रहेको एउटा एक्साभेटर मेशिन भने कालिका कन्सट्रक्सनले फिर्ता लगेको छ । 
सुरेन्द्र थिंके

All news in One Place