कुलेखानी खुला दिशामुक्त क्षेत्र पुनस्र्थापना
मकवानपुरको कुलेखानी गाविस खुला दिशामुक्त क्षेत्र पुनस्र्थापना घोषणा भएको छ । वैशाख १२ र २९ गतेको भूकम्पले भत्काएको चर्पीको पुनर्निर्माण गरी प्रयोग गर्ने अवस्थाको भएपछि खुला दिशामुक्त गाविस क्षेत्र पुनस्र्थापना घोषित गरिएको हो ।
भूकम्पले कुलेखानी गाविसमा २४ वटा चर्पी पूर्णरुपले नष्ट भएको, २७ वटाको छाना तथा गारो नष्ट भएको, १३ वटाको खाल्डो तथा सेफ्टी ट्यांकी नष्ट भएको जानकारी दिइएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा शौचालय निर्माण एवम् पुनर्निर्माण गरिएको हो ।
कुलेखानीमा रहेको सातसय ४३ घरधुरीमध्ये सबैमा शौचालय प्रयोगको अवस्था बनेपछि सोमबार खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कुलेखानीले खुला दिशामुक्त क्षेत्र पुनस्र्थापना घोषणा कार्यक्रम गरेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक सञ्जय ठाकुरले खुला दिशामुक्त क्षेत्र पुनस्र्थापनाका निम्ति कार्यक्रममा सहभागी स्थानीयलाई प्रतिबद्धता जनाउन लगाएका थिए भने जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य एवम् गाविस सचिव हकहित केन्द्रका अध्यक्ष टेकनाथ काफ्लेले खुला दिशामुक्त क्षेत्र पुनस्र्थापना घोषणा गरेका हुन् ।
कुलेखानी गाविस सचिव युवराज पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्वगाविस अध्यक्ष राजुमान महर्जन, गैसस महासंघ मकवानपुर एवम् राडो नेपाल अध्यक्ष कृष्ण धिताल, प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि भरत थुलुङलगायतले खुला दिशामुक्त क्षेत्र पुनस्र्थापनालाई सार्थक बनाउने काममा सहयोग गर्नुपर्नेमा जोड दिए ।
भूकम्पले क्षति पु¥याएको मकवानपुरको उत्तरी क्षेत्रको गाविसमा प्लान नेपालको आर्थिक सहयोगमा राडो नेपालले चर्पी निर्माण÷पुनर्निर्माणको काम गरेपश्चात् खुला दिशामुक्त क्षेत्र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअघि मार्खु गाविसलाई घोषणा गरिएको थियो ।