किसानलाई हाते ट्रेक्टर (मिनि टिलर)
भीमफेदी/भीमफेदी कृषि सेवा केन्द्रले स्थानीय कृषक समुहमा आवद्ध रहेकाहरुलाई ५ थान मिनि टिलर हाते टेक्टर वितरण गरेको छ । केन्द्रले कार्यक्रमको आयोजना गरि हाते ट्रेक्टर वितरण गरेको हो ।
गाउँ विकास समिती भिमफेदीका सचिव बद्री सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशु सेवा केन्द्र भीमफेदीका प्रमुख जनार्दन पोडेल, भीम्फेदीमा क्रियाशिल राजनीति
क दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
युएसआइडी/सिमिट इन्टरनेशनलकाे सहयोगमा पैसठ्ठी हजार देखि पचासी हजारसम्म पर्ने हाते ट्रेक्टर भीमफेदीका ५ समुहलाई वितरण गरिएको हो । हाते ट्रेक्टर कृषकमा ९५ प्रतिशत सम्ममा अनुदान प्रदान गरेको कृषि सेवा केन्द्र भीमफेदिका प्रमुख राम पुकार साहले बताए । यो वर्ष मकवानपुरमा ७५ थान वितरण गर्ने लक्ष रहेको कार्यालयले जनाएको छ । यस अघि मकवानपुरकाे पालुङ केन्द्र मार्फत साेहि संस्थाकाे सहयाेगमा थाहा नगरपालिकामा २० थान, अाग्रा, टिष्टुङ, चित्लाङ, मार्खु, फाखेलमा १८ थान गरि ३८ थान मिनि टिलर वितरण गरिसकेकाे छ ।
वितरित मिनि टिलर कृषकहरूले सहि रूपमा सञ्चलानमा ल्याउन र त्यसमा अन्य उपकरणहरू जाेडेर बढिभन्दा बढि काम लिनका लागि र सामान्य मर्मतका लागि यहि चैत्र २३ देखिसम्म कृषक तथा प्राविधिकहरूलाइ ४ दिने तालिम सञ्चालन गर्न लागिएकाे कृषि सेवा केन्द्र, पालुङका प्राविधिक मधुसुदन अाचार्यले जानकारि दिए ।