भार्ता गाविसमा नयाँ शक्तिको संगठन विस्तार
हेटौंडा चैत्र २२/ नयाँ शक्ति नेपाल मकवानपुरले भार्ता गाविसमा आफ्नो संगठन विस्तार गरेको छ । सोमबार अन्तरिम जिल्ला परिषद् सदस्य शेखर रुम्बाको सभाध्यक्षतामा भएको भेलाले भार्तामा गाउँ कमिटि, किसान र यूवाको कमिटि गठन गरेको हो ।
भेलाले जिवन थिङको संयोजकत्वमा २७ सदस्यिय नयाँ शक्ति भार्ता गाउँ कमिटि गठन गरेको छ । नवगठित कमिटिको सदस्यहरु जगत मोक्तान, सानुमाया थिङ, चित्रबहादुर चेपाङ, कुमारी थिङ,शेखर रुम्बा, पुष्पराज नेगी, बिपिराज थिङ, इन्द्र लोप्चन शुक्रमान चेपाङ लगायत रहेका छन ।
त्यस्तै गरी सोहि भेलाले विष्णु कमार मोक्तानको संयोजकत्वमा १३ सदस्यीय किसान संगठनको गाउँ कमिटि गठन गरेको छ । अन्तरिम जिल्ला परिषद् संयाजक प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलाले चेतलाल थिङको संयोजकत्वमा १५ सदस्यीय भार्ता गाउँ यूवा कमिटि समेत गठन गरेको छ । जिल्ला अभियानको एक चरण अन्तर्गत संगठन विस्तारकलाई तिब्र रुपमा अगाडी बढाइएको संयोजक लामिछानेले जानकारी दिनुभयो । बलराम मोक्तालनले सञ्चालन गर्नुभएको भेलामा किसान संगठनका केन्द्रिय सदस्य उदय प्रसाद हटुवाल, ४ नं क्षेत्रिय संयोजक प्रकाश मैनाली, जिल्ला सदस्य अबिरल लामा, मनहरी गाविस संयोजक मानबहादुर स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।