भूमाफिया र प्रहरीको मिलेमतोमा देवीको खुट्टा भाँचियो
सिमा गुरुङ्ग नवलपरासी, देवर्षि काठमाडौं, २५ चैत्र ।
नवलपरासी जिल्लाको सुनवलमा छुट कित्ताको २०–२५
बिगाहा जग्गा केही व्यक्तिहरूले आफ्नो नाममा नापी गराई सोजग्गामा भूमाफियाकरण गरिरहेको स्थानीय सर्वसाधारणबाट खुल्न आएको छ । सो
जग्गा नापीमा छुट् हुन गएको डा. यादवप्रसाद पन्तको
भएको जानकारहरू बताउछन् । सुनवल बजारको
चोकमा प्रतिहप्ता लाग्दै आएको हाटबजारलाई त्यहाँबाट विभिन्न बहानामा विस्थापित गरी सो जग्गाको आसपासमा लैजान चलखेल हुनथाले पछि सोको बिरुद्ध स्थानीय जनता उत्रेका छन् ।
यसै क्रममा गत आइतवार (२१ गते चैत्र) बिहान सुनवलमा हाटबजार लाग्ने दिन थियो । सो हाटबजारलाई
लाग्दै आएको स्थान सुनवल चोकमा लाग्न नदिएर भूमाफियाहरूले आफ्नो नाममा नापी गराएको सो जग्गाको नजिकै लैजान सुनवल नगरपालिका र प्रहरीप्रशासनको मिलेमतोमा खोजिरहेका
थिए । यसै क्रममा
हाटबजारका व्यवसायी र सर्वसाधारणहरूबाट बिरोध भयो
। इन्सपेक्टर योगेन्द्र
तिमिल्सिनाको प्रतिनिधित्त्वमा गएको प्रहरी दस्ताले व्यवसायी तथा सर्वसाधारण तर्फ ब्यापक बल प्रयोग गर्यो । संस्कार पाठशाला
अभियानकी अभियन्ता एवं सत्–मार्ग
अभियान नेपालकी केन्द्रीय सहप्रमुखसहित विभिन्न संघसंस्थामा गरिमामय पदमा जिम्मेवारीमा रही समाजसेवा गर्दै आउनु भएकी देवी घिमिरे लगायतका चौतीस जनालाई प्रहरीले अमानवीय तरिकाबाट लाठी प्रहार गरी सख्त घाइते बनायो । समाजमा देवी
दिदीको नामबाट परिचित देवी घिमिरेको दाँया खुट्टा दुई ठाऊँबाट भाच्चियो । परासी अस्पतालले
काठमाडौं रिफर गरेकोले अहिले उहाँको उपचार ललितपुर ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा भइरहको छ । त्यस्तै
स्थानीय सिद्धि कुवरकी बुहारीको हात भाँचिएको थियो । एकै परिवारका
यमकुमारी चापागाई, रखेमप्रसाद चापागाई, होमकुमारी चापागाई सो घटनामा घाइते भएका थिए ।
सख्त घाइते देवी घिमिरेका अनुसार आफ्नो खुट्टा भाच्ने इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना नै भएको बताउनु हुन्छ । पहिला यही
हो, यही हो, हान हान भने, पछि प्रहरीजवानले
कडा प्रहार नगरेपछि जवानको हातबाट लाठी खोसेर उ आफैले मेरो
खुट्टामा हान्यो । दुई लाठी
हान्दासम्म म ढलेकी थिइन
तेस्रो पटकमा म ढले अनि
प्रहरीहरू आफैले मलाई प्रहरीको भ्यानमा राखे, देवीले घटना सुनाउँदै न्यूज टिमलाई बताउनु भयो । मैले चिनेकी
छु, म सामाजिक
कार्यकर्ता, इलाकाको प्रहरी प्रमुखलाई हामी पनि राम्रोसँग चिन्छौ, र उनीहरूले पनि
हामीजस्ता सामाजिक व्यक्तिलाई चिन्छन् । कुनै त्यस्तो
राजमार्ग नै अबरोध हुने खालको ठूलो आन्दोलन भएको थिएन । भूमाफियाहरू, नगरपालिकाका अधिकृत
र प्रहरी प्रशासनको
मिलेमतोमा यो घटना सुनियोजित रूपमा घटाइएको हो । त्यहाको जनमानसलाई
सम्बोधन गरिसके पछि साइडमा बसेर हेरिरहेकी म माथिको आक्रमण
नियतवश गरिएको हो, घिमिरेले भन्नु
भयो ।
स्रोतका अनुसार राजनीतिक पार्टीका प्रतिनिधिहरूको आपसी मिलेमतोमा सो छुट् कित्तालाई उनीहरू तथा उनीहरू कै पारिवारिक व्यक्तिको नाममा नापी भएको छ । सो
कार्यलाई सुनवल नगरपालिकाका कर्मचारी र राजनीतिक दलका
प्रतिनिधिले भूमिका निर्वाह गरेको स्थानीय सर्वसाधारणहरूले लख काटेका छन् ।