एमालेको वडा भेलाः१५ मा अधिवेशन, १८ मा प्रशिक्षण
हेटौँडा/नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ को प्रथम अधिवेशनले मनोजकुमार वाईवालाई अध्यक्षमा चयन गरिएको छ । नेकपा एमालेका पूर्व अञ्चल सचिव तथा सांसद अनन्त पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमले उपाध्यक्ष सिताराम थिङ्, सचिव रामबहादुर वाईवा र उपसचिव फुलमाया पाख्रिन, सदस्यहरुमा शुभराज थिङ्, करुणा गोले, कालुसिं मगर, फुलमाया लामा, रामलाल गोले, चन्द्रबहादुर भ्लोन, ध्यानबहादुर दोङ्, आशाकुमारी तितुङ्, भीमबहादुर थिङ्, हरिप्रसाद रुपाखेती र मदनकुमार बल चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिवालय सदस्यहरु गोपाल श्रेष्ठ र हरिबहादुर महत, जिल्ला कमिटीका सदस्यहरु नवीन सिग्देल, फुर्वादोर्जे लामा, तिलक अधिकारी, सुमित्रा काफ्ले, क्षेत्रीय कमिटीका अध्यक्ष रघु आचार्य, इलाका कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, १४ नं. वडा कमिटीका अध्यक्ष टेकराज सापकोटा र वडा नं. १६ का अध्यक्ष प्रेमकुमार मुक्तानलगायतले अधिवेशनमा शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनको उद्घाट
न समारोहको अध्यक्षता वडान कमिटीका अध्यक्ष मनोजकुमार वाईवाले गरेका थिए ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा नेकपा एमालेले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । अनुगमन टोलीका सदस्य तथा अनेमसंघकी केन्द्रीय सचिव बिष्णु ओझाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ओझाले जबज र लोकतान्त्रिक गणतन्त्र, जिल्ला सचिवालयका सदस्य गोपाल श्रेष्ठले स्थानीय निकायमा पार्टीको भूमिका, जिल्ला सदस्य नवीन सिग्देलले पार्टी निर्माण बारे, सुनिल मुक्तानले पार्टीमा युवाको भूमिका, जिल्ला सदस्य राजन थापा संविधानको विशेषता, क्षेत्रीय कमिटीका सचिव सीता बिष्टले पार्टी जनसंगठनबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका थिए भने जिल्ला उपसचिव मिना लामा र नगर इलाका कमिटीका अध्यक्ष नवराज खतिवडाले कार्यक्रमको उद्देश्य र औचित्यको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम वडा कमिटीका अध्यक्ष दीपेश थिङ्को अध्यक्षतामा भएको हो ।
