२ सय ६ सवारी कारबाहीमा
हेटौँडा/सवारी दुर्घटना न्युनिकरण एवं रोकथाम गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको घुम्ती सेवको क्रममा सवारी नियम उलङ्घन गरि सञ्चालन भएका २ सय ६ वटा सबारी कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयको संयुक्त अनुगमनको क्रममा मकवानपुरको भिमफेदी तथा पशुपतिनगर क्षेत्रबाट ति सवारीहरु कारर्बाहीमा परेका हुन् । त्यसैगरी मादक पदार्थ सेवन गरि सवारी चलाएको भन्दै ४ जना चालकलाई सार्वजनिक अपराध ऐन अनुसार मुद्धा दर्ता गरिएको तथा १२ वटा सवारी दर्ता किताब र ३ वटा सवारी चालक अनुमति पर्त नियन्त्रणमा समेत लिईएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार कारर्बाहीबाट ८४ हजार ५ सय रुपैँया राजश्व अशुल गरिएको छ ।
