थाहा नगरको निकासी करको ठेक्का केसीलाई

थाहा नगरपालिकाको स्थानीय निकासी करको ठेक्का प्रदीप केसीलाई परेको छ । १९ चैतमा थाहा नगरपालिकाको विकास घरमा भएको बोलकबोल बढाबढ्मा केसीले ३५ लाख ३५ हजार ५३५ मा ठेक्का पारेका हुन् । यो रकम गतवर्षको भन्दा ३ लाख ३० हजार ५३५ ले बढि हो । 
१३ प्रतिस्पर्धी बोलदाता मध्ये केसीका निकटतम बोलदाता युवराज बर्तौलाले ३५ लाख १५ हजार बोलेको थिए । त्यस्तै अर्का बोलदाता राजकुमार पन्तले ३५ लाख १० हजार बोलेका थिए । 
ठेक्का पर्ने केसीले अबको एक सातासम्ममा थाहा नगरपालिकाको आर्थिक विकास उपसमितिसंग सम्झौता गरिसक्नुपर्नेछ । उनले चार किस्तामा कबोल गरेको रकम नगरपालिकामा बुझाउनु पर्नेछ । ठेक्का परेका व्यक्तिले २०७३ वैशाख १ गतेदेखि  थाहा नगरबाट निकासी हुने वस्तुको कर संकलन गर्नेछन् ।

All news in One Place