कुलेखानीमा क्रिष्टल गहना तालिम
हेटौंडा/हामी सक्छौं नेपाल, महिला सशक्तिकरण तथा गरिवी निवारण समूह र महिला एकता सार्थक समाजको संयुक्त आयोजनमा कुलेखानी गाविसमा एक हप्ते क्रिष्टल गहना बनाउने तालिम र बाल क्ल्ब तथा बाल क्लब संजालहरु गठन, तथा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।
गाउ विकास समितिको सहयोग तथा समन्वयमा गाविसका ३३ जना महिलाहरुलाई क्रिष्टल गहना बनाउने तालिम दिइएको हो । तालिमको सहजीकरण रचना अर्यालले गरेकी थिइन् । साथै गाविसका ९ वटै वडामा वडास्तरीय बाल क्लब गठन तथा अभिमुखीकरण कार्यक्रम भएको थियो ।
कार्यक्रममा बाल क्लब संचालन, परिचालन, व्यवस्थापन, बाल क्लब संजालको महत्व, आवश्यकता, बालमैत्री स्थानीय शासन कार्यक्रमका बारेमा जानकारी गराइएको हामी सक्छौंका अध्यक्ष शिवहरि दाहालले जानकारी दिए । यसैगरी हामी सक्छौं नेपालको आयोजनामा मकवानपुरको विभिन्न गाविसमा बाल क्ल्ब तथा बाल क्लब संजालहरु गठन, पुर्न गठन तथा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।
जिल्ला विकास समितिको सहयोग तथा समन्वयमा भैंसे नामटार, हाँडिखोला, भीमफेदी, कालिकाटार, मनहरी, आमभञ्ज्याङ, कुलेखानीलगायतका गाविसमा अभिमुखीकरण कार्यक्रम भएको हो । बाल क्लब संचालन, परिचालन, व्यवस्थापन, बाल क्लब संजालको महत्व, आवश्यकता, बालमैत्री स्थानीय शासन कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।
