दुई बालक १९ दिनदेखि बेखबर

हेटौंडा/मकवानपुरका दुई फरक स्थानबाट दुई बालकहरु हराइरहेका छन् । स्थायी ठेगाना सरिखेत–८ घर भई हाल हेटौंडा उपमहानगरपालिका–२८ मा बस्दै आएका १४ वर्षका  विशाल थिङ र  हेटौंडा–२९ कुवापानीका १० वर्षीय भल्याक घलान हराइरहेको बाल हेल्प लाइन नेपाल मकवानपुरले जनाएको छ । 

अन्दाजी ४ फिट उचाई भएका बिशाल बिरबहादुर थिङ र  ठूली माया थिङका छोरा हुन् ।  गहुँगोरो वर्णका उनी  निर्मल उमावि हेटौंडा–२८ मा कक्षा ६ मा अध्ययनरत थिए । 

त्यस्तै सुमन घलान  र रामकुमारी घलानका छोरा भल्याक कालो वर्णका छन् । उनी अन्दाजी ३ फिट अग्लो रहेको बाल हेल्पलाइनले जनाएको छ । 

गत चैत १ गतेबाट हराइरहेका उनीहरुलाई कतै देखेमा पैसा नलाग्ने फोन नं. १०९८ (दश—नौ—आठ) मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन बाल हेल्पलाइन नेपाल मकवानपुरले अनुरोध गरेको छ ।

All news in One Place