भोट गर्न अपिल (शेयर गर्नुहाेला)
धर्मेन्द्र दाहाल ।
हेटौँडा/एनटिभि प्लसबाट प्रशारण हुँदै आएको गाएन तथा नृत्य प्रतिस्पर्धा (रियालिटी सो) गोल्डेन आईडल अन्तर्गत हेटौँडाका दिपेन्द्र कार्की टप ५ मा प्रबेश गरेका छन् । आउँदो चैत्र २७ गते हुने फाईनलको लागि कार्कीले आफुलाई मतदान गर्नको लागि आग्रह गर्दै हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
मकवानपुरको शानको रुपमा आफु टप ५ मा पुगेको भन्दै उनले आफुलाई विजयी बनाउनको लागि भोट गर्न आग्रह गरेका हुन् । उनले आफुलाई म्याजेस बक्समा गएर जी आई टाईप गरि एक स्पेस छोडेर ११ टाईप गरि ५००१ मा सेन्ड गर्नको लागि उनले आग्रह समेत गरेका छन् । १ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेता बनाएर मकवानपुरे संगितको उचाई थप बृद्धि हुने आशा समेत ब्यक्त गरेका छन् ।