अध्यक्षमा पुनः पाठक
हेटौँडा/हेटौँडा–४ मा रहेको श्रमिक टोल विकास संस्थाको अध्यक्षमा पुनः श्यामप्रसाद पाठक चयन भएका छन् । शनिवार भएको साधारणसभा तथा अधिवेशनले पाठकलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अधिवेशनले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुशील आचार्य, सचिवमा सानुलाल श्रेष्ठ, कोषाध्यक्षमा कविता खतिवडा र सदस्यमा धनवहादुर देउला, मैैयादेवी न्यौपाने, शंकर खत्री, नवराज कोईराला र श्रीकृष्ण ढुङ्गाना रहेका छन् ।
टोल विकास संस्थाका जेष्ठ सदस्य रामप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा तथा अधिवेशनको उद्घाटनमा श्रमिक मावि शिक्षक अभिभावक संघका अध्यक्ष सुरेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य दामोदर लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष श्यामप्रसाद पाठकले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षमा पुन ः चयन भएका पाठकले हेटौँडा उपमहानगरपालिकामा २०५७ फागुन १८ गते विधिवत् दर्ता भएको यस टोल विकास संस्थाका केही पदाधिकारीको सकृयता नरहेको कारण यसले गति लिन नसकेको बताए ।