माइक्रो हाइड्रोपावरमा काँग्रेसकरण भएकोमा एमालेको आपत्ति

मनहरी–केही दिन अघि खैराङ २ मा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर योजनाको उद्घाटन कार्यक्रममा काँग्रेसकरण गरिएको भन्दै नेकपा एमाले खैराङ गाउँ कमिटीले आपत्ति जनाएको छ । 
नेकपा एमाले खैराङ गाउँ कमिटीका अध्यक्ष भोजबिक्रम सिंह मल्ल ठकुरी र क्षेत्रीय सदस्य तथा खैराङ इन्चार्ज शमसेर थिङले संयुक्त विज्ञप्ती निकालेर जनतासामु भ्रम नछर्न आग्रह
गरेका हुन् । बिज्ञप्तीमा गाविस, जिविस, एमडीआई नेपाल तथा गरिवी निवारण कोषको आर्थिक लगानीमा निर्माण भएको योजनालाई नेपाली काँग्रेसले लगानी गरेको भनी काँग्रेसको झण्डा फहराएर उद्घाटन गरिएको घटनाको विरोध गरिएको छ । गाविस, जिविस, एमडीआई तथा सम्बन्धित क्षेत्रको सांसदलाई समेत उपस्थित गराउनुपर्नेमा क्षेत्र नं १ का सांसदको उपस्थितिमा उद्घाट गरी पूर्ण रुपमा विकासका योजनामा काँग्रेसकरण गरिएको विज्ञप्तीमा उल्लेख छ । 
साथै विभिन्न प्रलोभन देखाएर सबै निर्माणको ठेक्का काँग्रेसले लिने, युवालाई रोजगारी दिने भन्दै एमाले तथा अन्य पार्टी निकट रहेका केही व्यक्तिहरुलाई जबरजस्त काँग्रेसमा प्रवेश गराइएको भन्दै त्यस्ता अस्वस्थ प्रतिस्पर्धाको एमालेले भत्र्सना गरेको छ । ‘केही साथीहरु जबरजस्त काँग्रेसमा प्रवेश गराइएका छन्’, इन्चार्ज थिङले भने–‘ती सबै साथीहरु पार्टीको सम्पर्कमै छन्, बाध्यताबस त्यस्तो वातावरण सिर्जना गरिएको बताइरहेका छन् ।’ 

All news in One Place