७ सय फिल्टर बितरण

सिडेक नेपालको सहयोगमा डिपाड बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा फिल्टर बितरण गरिएको हो । सहकारीका अध्यक्ष उमेश मुक्तानको सभाध्यक्षता तथा गाविसका सचिव मीनराज कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सिडेकका तर्फबाट राजन कुमार मैनाली, ग्रामीण सुधार मञ्च (रिफोन) का ज्ञानेन्द्र बर्ताैला लगायले मन्तब्य व्यक्त गरेका थिए भने अमित लामाले प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
राष्ट्रिय निमावि बिजौनाका लागि २ वटा तथा जनजाति उत्थान प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि लक्षित गरी सामुदायिक फिल्टर बितरण गरिएको थियो ।