लागुऔषध सहित ५ जना पक्राउ

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा १७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बीरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ३ ख ७९४९ नं.को यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका मकवानपुर हेटौडा १० बस्ने वर्ष ३२ को बिकास श्रेष्ठले बायाँ खुट्टाको जुत्ता भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हेरोईन ३२ ग्राम फेला पारी सोधपुछ गर्दा उक्त लागुऔषध कारोबारमा निजसंगै यात्रा गरी आएका  मकवानपुर हेटौडा २८ बस्ने वर्ष २४ को आशिष अर्याल र वडा नं.८ बस्ने वर्ष ३५ को सुरेश कार्कीको समेत संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।   
प्रहरील  सरिखेत गा.बि.स.वडा नं.७ बस्ने वर्ष ३३ को अकल बहादुर चेपाङको साथबाट लागुऔषध गाँजा १ के.जि ८०० ग्राम र  सोअि ठाउँ बस्न वर्ष १९ को पुर्ण बम्जनको साथबाट लागुऔषध गाँजा ५ के.जि.५०० ग्राम फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

All news in One Place