गोरखा ब्वाईज, प्रतिभा र सिएफटी बिजयी
धर्मेन्द्र दाहाल ।
हेटौँडा/हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार भएका खेलहरुमा गोरखा ब्वाईज क्लब, प्रतिभा क्लब तथा सिएफटीले विजयी सुरुवात गरेका छन् । आइतबार बिहान भएको निकै प्रतिस्पर्धात्मक खेलमा गोरखा ब्वाईजले एफसी चाईनालाई २–१ गोलअन्तरले पराजित गर्दै दोश्रो चरण यात्राको संभावना बलियो बनाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एफसी चाईनाले सुरुवाती अग्रता लिन सफल बन्यो । चाईनाको तर्फबाट सन्दीप तामाङले ५६ औ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । चाईनाको अग्रता ४ मिनेट मात्र रहन पुग्यो । गोरखा ब्वाईजका पाल्देन लामाले ४० औ मिनेटमा गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याए । पहिलो गोल गरेको ३ मिनेटमानै चाईनाले अर्र्को गोल खान पुग्यो । गोरखाका पाल्देनले ब्यक्तिगत तथा टिमको लागि दोश्रो गोल गर्दै टिमलाई २–१ को जित दिलाए । खेलमा पाल्देन म्यान अफ द म्याच भए ।
त्यसैगरी आईतबार दिउँसाे भएको दोश्रो खेलमा प्रतिभा क्लब विजयी भएको छ । प्रतिभाले चुरेकालिका क्लब लाई २–० ले पराजित गर्दै विजयी बन्यो । प्रतिभाको लागि खेलको ३९ औ मिनेटमा सागर पौडेल तथा ५९ औ मिनेटमा शनि कटुवालले गोल गर्दै टिमलाई २–० को जित दिलाए । प्रतियोगितामा शनि कटुवाल म्यान अफ द म्याच भए ।
आइतबारनै भएको अन्तिम खेलमा छिमेकी हटिया स्पोर्टसलाई २–० ले पराजित गर्दै चौघटा फुटबल टिम(सिएफटी) ले जित दर्ता ग¥यो । बलियो आँकलन गरिएको हटिया विरुद्ध शसक्त प्रर्दशन गरेको सिएफटीले खेल अबधिभर आफ्नो उच्च प्रर्दशनलाई कायम राख्दै हटियालाई पराजित गर्न सफल बन्यो । खेलको सुरुवातबाटनै आक्रमक खेल खेलेको सिएफटीको लागि सुरुवाती अग्रता खेलको ५ मिनेटामानै उज्वल ओझाले दिलाए । पहिलो हाफमा दुबै तर्फबाट गोल गर्ने उत्कृष्ट मौकाहरु आएपनि त्यो सदुपयोग भएन् । दोश्रो हाफमा पनि खेल निकै शसक्त भयो । खेलमा दुबै पक्षको केहि उत्कृष्ट प्रहार गोलमा परिणत भएन तर थप गरिएको अन्तिम मिनेटमा सिएफटीको लागि कृष्णकुमार श्रेष्ठले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
सोमबार हुने खेलमा चौकिटोल युथले एफसी मल्टिभिजनको सामना गर्दा दोश्रो खेलमा प्रगतिशिल यूवाले हाम्रो सृजनशिल समाज फापरबारीको सामना गर्ने छ । त्यसैगरी तेश्रो खेलमा एफसी नामटार र हेटौँडा सिटीबिच प्रतिस्पर्धा हुने छ ।