प्रेस सोसाइटी तीन नम्बर प्रदेशमा मकवानपुरका ४ जना
नयाँ शक्ती राष्ट्रिय अभियान निकट नेपाल प्रेस सोसाइटीको अन्तरिम परिषदले तीन नम्बर प्रादेशिक सदस्य चयन गरेको छ । सदस्यहरुमा जी न्यौपाने, केसव समर्पण, सपना कडेल, केदार ढकाल रहनुभएको छ । सोसाइटीको तीन नम्बर प्रदेश संयोजकमा योगेन्द्र शाही रहनुभएको जनाइएको छ ।
सोसाइटीको आजको बैठकले आर्थिक विभाग, सङ्गठन विभाग, जनजाति विमागमा विभिन्न संयोजक चयन गरिएको जनाइएको छ । कार्यक्रममा नयाँ शक्तिका खिमलाल देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने प्रेस सोसाइटीको केन्द्रिय संयोजकको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा कुमार पौडेल, बलाबती शर्मा, सोनामसिंह स्याङ्तान, विदुर खड्का, सुदर्शन खतिवडा, मनोज ढोडरी लगायतको उपस्थिती थियो ।