दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्य

धादिङको बेनिघाट गाँउ विकास समितिको वडा नं १ मलेखुमा २८ चैतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठकको मृत्यू भएको छ । 
पृथ्वी राजमार्ग अन्र्तगत मलेखुमा भएको सक दुर्घटनामा चितवन घर भई हाल धादिङ आदामघाटमा कार्यरत पाठकको ज्यान गएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
मुग्लिनदेखि काठमाडौँ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले पाठक चढेको बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना परी ाइते भएका पाठकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । दुर्घटना पछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

All news in One Place