जनकल्याणमा नतिजा प्रकाशन

थाहा नगरपालिकाको जनकल्याण उच्च माविको नजिता प्रकाशन कार्यक्रम २८ चैतमा सम्पन्न भएको   छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ८ बाहेक ९ कक्षासम्मको परीक्षाको नतिजा सार्वजनिक गरिएको  हो । सवद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा सम्बन्धीत कक्षाका वर्ग शिक्षकहरुले प्रस्तुत गरेका थिए ।  वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरा गरिएको छ । 

कार्यक्रममा प्राचार्य सानोभाइ कार्की, विद्यालयका शिक्षकहरु, विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको शिक्षक दिनेश कुमार स्याङ्तानले बताए । वैशाख २ गतेबाट भर्ना अभियान शुरु हुने र विद्यालय २०७३ वैशाख १२ गतेबाट नियमित पनपान हुने प्राचार्य कार्कीले बताए । 


All news in One Place