अनेरास्ववियुद्वारा अध्यक्ष लामालाई २२ बुँदे सुझाव

हेटौँडा/अनेरास्ववियु मकवानपुरल केन्द्रीय अध्यक्ष नविना लामालाई २२ बुँ्दे सुझाव दिएको छ । अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरले शनिबार हेटौँडामा गरेको महिला भेलामार्फत  अध्यक्ष लामालाई २२ बुँदे सुझाव दिएको हो । अनेरास्ववियु मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य सन्तोष पौडेलले  हेटौंडा वन विज्ञान क्याम्पसको सम्बन्धमा ए.एफ.यु र टियुवीचको विवाद निराकरण गरी सहज पठनपाठनका लागि पहल गर्न करिब १ महिनादेखी दुबै क्याम्पस तालाबन्दीको अवस्थामा रहेको विषयमा जानकारीमुलक सुझाव दिएको बताए । त्यसैगरी  अविलम्ब स्ववियु निर्वाचनको सार्थक र परिणाममुखी पहल गरिगर्नको लागि, आगामि संगठनात्मक संरचना निर्माण गर्नेक्रममा प्रदेश कमिटिलाई कार्यकारी कमिटि निर्माणको लागि, नेपाली राष्ट्रियता र सार्वभौमिकताको विरुद्ध अनेक चलखेल भईरहेको सन्दर्भमा यतिबेला राष्ट्रियताको मुद्धामा अनेरास्ववियु केन्द्रीय कमिटिले ठोस कार्यक्रम सार्वजनिक गर्न लगाएको २२ बुँदामा सुझाव दिईएको पौडेलले बताए ।  सुझाव ग्रहण पश्चात मन्तब्य ब्यक्त गर्दै अध्यक्ष लामाले मकवानपुर जिल्ला कमिटीबाट प्राप्त भएका सुझावहरु अति मननयोग्य तथा ब्यवहारिक रहेको बताईन् । नेपालको राजनीतिमा महिलाको प्रभाव बढन सुरु भएको बताउँदै लामाले महिलाहरु पनि देशको सर्वोच्च पदमा आशिन हुन सक्छन भन्नेकुरा प्रमाणित भएको बताईन् । राष्ट्रपति देखि सभामुखसम्म महिला रहेको नेपालमा महिला अधिकारको क्षेत्रमा धेरै प्रगति भएको उनको भनाई रहेको थियो । अनेरास्ववियु मकवानपुरका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य सुजता पोखरेल,हिमाल पाठक, एमाले मकवानपुरका नेता रघुनाथ खुलाल, अनेमसंघकी केन्द्रीय सदस्य पद्मा पौडेल, एमाले मकवानपुरकी उपसचिव मिना लामा, अनेमसंघ मकवानपुर अध्यक्ष पार्वति राना, अनेरास्ववियुकी केन्द्रीय सदस्य विभा प्याकुरेल लगाएतको आतिथ्यता रहेको थियो ।

All news in One Place