थाहामा अ.ने.म.सं.क्रान्तिकारी काे गठन

एकिकृत नेपाल कम्यूनिष्ट पार्टी माओबादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको थाहानगरमा शनिबार वडा सम्मेलन विभिन्न वडाहरुमा सम्पन्न भएको छ ।  थाहाको ५ वटा वडामा महिला संघको सुुडिढिकरण, वडा सम्मलेन तथा वडा कमिटि चयन कार्य सम्पन्न गरिएको हो । 
वडा नं. ५,  मा ईश्वरी कार्कीको अध्यक्षतामा १५ सदस्यीय , अारती बलकाे अध्यक्षतामा वडा नं ९ मा  ९ सदस्यीय वडा नं. ६ मा कविता कार्कीकाे अध्यक्षतामा  १९ सदस्यीय वडा कमिटि भएको छ । 

तुलुमाया गोपालीकाे अध्यक्षतामा वडा  नं. १२ मा  २१ सदस्यीय वडा कमिटि चयन भएको छ । यसका साथै थाहा नगरपालिका ७ मा उर्मिला भट्टकाे अध्यक्षतामा १७ जनाकाे समिति गठन भएकाे छ ।  पार्टीलाइ सुदृढिकरण गर्न र महिलाहरुलाई अगाडि बडाउन वडा कमिटि चयन गरिएको एकिकृत मोओबादी थाहा नगरका सचिब विनोद लामाले जानकारी दिए । बाकी रहेको वडाहरुमा चैत्र ३० गते वडा कमिटि चयन गरिने सचिव लामाले जानकारी दिए ।

All news in One Place