अाइतबार थाहामा गगन थापाकाे प्रशिक्षण हुने

नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापा पार्टी प्रशिक्षण कार्यक्रममका लागि अइतबार थाहा नगरपालिका आउने भएका छन् । थाहा नगरपालिका लगायत उत्तरी मकवानपुरका काँगेसका कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न थापा पालुङ आउन लागेका हुन् । कार्यक्रममा काँग्रेसको विचार र सिद्धान्तमा आस्था राख्ने,  नेपाली काँग्रेस साधारण सदस्य तथा क्रियाशिल सदस्यहरुलाई उपस्थितिका लागि आग्रह गरिएको छ । हालै सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीको उमेद्वारका रुपमा समेत प्रस्तुत भएका प्रखर वक्ता थापाले समसामयिक राजनीति र नेपाली काँग्रेसका कार्यबर्ताहरुको अबको दायित्वबारे प्रशिक्षण दिने बताइएको छ । कार्यक्रम जेसिज सभा हलमा विहान ११ बजे हुने भएको छ । 
जनक लामा/ विकासखबर

All news in One Place