जिल्ला लिग फुटबल २०७२ : पोतालासामु सल्लेरी निरिह

धर्मेन्द्र दाहाल
हेटौँडा/पहिलो पटक लिगमा आफ्नो खेल प्रर्दशन गर्न आएको सल्लेरी बुद्ध युवा क्लब हर्नामाडी डिफेन्डीङ च्याम्पियन एफसी पोतालासँग निरिह बन्दा पोतालले जिल्लास्तरको सबैभन्दा ठुलो प्रतियोगिता जिल्ला लिग फुटबल–२०७२ को पहिलो खेलमा पोतला ७–० ले विजयी भएको छ । हेटौँडाका स्टार खेलाडीहरुले भरिएको पोतलाको मजबुत खेलसामु सल्लेरीले कुनैपनि गोल गर्न सकेन् । पोतालाका स्टार खेलाडी विके लामा एक्लैले ४ गोल हानेपछि सल्लेरी भारी अन्तरले पराजित भएको   हो ।
उद्घाटन खेलको १० औ मिनेटमा पोतालाको लागि टिम क्याप्टेन मनोज लामाले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको १८ औ मिनेटमा गोल गर्दै पोतालाका विके लामाले टिमलाई २–० को अवस्थामा पु¥याए । खेलको तेश्रो गोल २९ औ मिनेटमा क्याप्टेन मनोज लामाको नाउँमा रहदा थप गरिएको दोश्रो मिनेटमा विके लामाले पुन गोल गरेपछि पहिलो हाफमा पोताला ४–० ले अघि बढ्यो ।
दोश्रो हाफमा ह्याट्रिक गर्ने क्रममा विके लामाले ४१ औ मिनेटमा गोल गरे । गोलको वर्षा गरेको पोताला अझ रोकिएन उसको लागि खेलको ४४ औ मिनेटमा पुन विके लामाले नै गोल गर्दै ब्यक्तिगत स्कोर ४ पु¥याए भने टिमको लागि ६–० को अग्रता कायम भयो । खेलको ५९ औ मिनेटमा पोतालाको तर्फबाट सुर्यमान लामाले गोल गरेपछि पोताला ७–०को विशाल जित दर्ता गर्न सफल बन्यो । खेलमा ४ गोल गरेका विके लामा म्यान अफ द म्याच भए । खेल पश्चात प्रतिक्रिया दिदै पोतालाका टिम कोच राजु विष्टले आजको खेलमा सोचेजस्तो सफलता प्राप्त भएको बताए ।

All news in One Place