आगलागीमा परी दुई भैसी मरे

मकवानपुरको दुर्गम गोगने गाविस वा नंबर ५  गोल्ढुङ्गामा रहेको दिलबहादुर लामाको गोठमा आगलागी हुँदा दुईवटा भैसी मरेका छन् । गोठमा लागेको आगो नजिकैको कर्साङ लामाको घरमा सल्किएर सबै अन्न जलेर नष्ट भएको गोगने गाविसका सामाजिक परिचालक कमल लामाले जानकारी  दिए ।
आगलागीबाट कोदो, मकै र चामल गरी २५ मुरी अन्न जलेर सखाबै भएको पीडित कर्साङ लामाले   बताए । घर गोठ ध्वस्त बनाएको आगो स्थानीय खौवास सामुदायिक वनमा सल्केको छ । आगोलाई स्थानीयहरुले नियन्त्रणमा लिने प्रयास भइरहेको सामाजिक परिचालक लामाले बताए ।

All news in One Place