फापरवारीमा बहुमुखी क्याम्पस संचालन हुने

हेटौँडा/पूर्वी मकवानपुरको व्यापारिक केन्द्र फापरवारीमा बहुमुखी क्याम्पस संचालन हुने भएको छ । जनता उच्च माविलाई स्तरोन्नति गदैै बहुमुखी क्याम्पस संचालन गर्न तयारी थालिएको हो ।
बहुमुखी क्याम्पस संचालनका लागि फापरवारीमा भएको भेलाले तदर्थ र सल्लाहकार समिति गठन गरेको छ । कुपनारायण फुयाँलको संयोजकत्वमा गठन भएको तदर्थ संचालक समितिको सदस्य सचिवमा शंकरकुमार पराजुली रहेका छन् । समितिको सदस्यमा तेजबहादुर डिम्डुङ, फणिन्द्रकुमार तिमल्सिना, माधवप्रसाद घोरासैनी, राजकुमार श्रेष्ठ, डेन्डिजन लामा, दलबहादुर राई, राधिका ति
मल्सिना, अप्सरा लोप्चन, राजकुमार तिमल्सिना, चोकबहादुर ढाडा, चिजलाल श्रेष्ठ, भीमप्रसाद घिमिरे, जयबहादुर वाईवा, शम्भु वाईवा, दिलबहादुर बल र इन्द्रबहादुर थोकर रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँ, समानुपातिक सांसद गणेश थापा, पूर्व सांसद कृष्णप्रसाद दाहाल, पूर्व सभासद दिलबहादुर घिसिङ, प्रेमबहादुर पुलामी, राजनीतिज्ञ अर्णराज जर्गामगर, विद्यालयका संस्थापक सदस्य भागवतकाजि श्रेष्ठ, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष शर्मिला विक, समाजसेवी निर्मल ग्यालनलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

All news in One Place