वन समूहलाई सुशासन सुदृढीकरण सम्बन्धी तालिम

हेटौँडा/मकवानपुरको फापरबारीमा सामूदायिक बन समूहमा सुशासन सुदृढीकरण सम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा फापरबारी ७ मा रहेको नमोबुद्ध सामुदायिक बन उपभोक्ता समूह र महाङ्काल सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम हरियो बन कार्यक्रम अन्तरगत कफ्सन नेपाल र सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरको साझेदारीमा भएको हो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तान, सचिवालय सदस्य साधुराम चौँलागाई, ईलाका बन कार्यालय फापरबारीका सहायक बन अधिकृत सुरेशप्रसाद गुप्ता र सहजकर्ता निश्चल घिमिरेले सहजिकरण गरेका थिए ।
वन विकास मार्गदर्शन २०७१, सुशासन आँकलन, सहभागितामूलक सम्पन्नता स्तरीकरण, सार्वजनिक सुनुवाई तथा जनलेखा परिक्षण लगाएतका बिषयमा तालिममा दिईएको सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तानले जानकारी दिईन् । मकवानपुरको निबुवाटारमा रहेको सुन्दर सामुदायिक बन उपभोक्ता समूहमा पनि सुशासन सुदृढीकरण सम्बन्धी चार दिने तालिम दिईने बताईएको छ ।

All news in One Place