मकवानपुर आईडलको तयारी तिब्र: सहयोगीहरु बढ्दै
थाहा कला केन्द्र मकवानपुरले थाहा नगरपालिकाको विकास घरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कला केन्द्रले २०७३ वैशाख १ गते आयोजना गर्ने मकवानपुर आईडल घोषणाको पूर्व सन्ध्यामा २० चैतमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले मकवानपुर आइडल छनौंटका लागि जिल्लाको दुर्गम गोगने, आग्रादेखि सदरमुकाम हेटौंडा लगायतको क्षेत्रमा विभिन्न चरणको प्रतियोगिता संचालन गरेको जानकारी गराएका थिए । कार्यक्रममा अध्यक्ष मोक्तानले आइडल आर्थिक चुनौतिकाबीच संचालन भइरहेको सन्दर्भमा स्थानीय निकाय थाहा नगरपालिका, सांसद इन्द्र बानियाँलगायत विभिन्न दाताहरुले गरेको सहयोगको प्रशंसा गरे । उनले आइललाई आर्थिक जिन्सी सहयोगका साथै दर्शककै रुपमा सहभागी भएर भए पनि कला क्षेत्रमा गरिएको योगदानको मूल्याङ्कन गर्न आग्रह गरे । मकवानपुर आइलमा छनौट भएका दश उत्कृष्ट मध्येबाट बैशाख १ गते नयाँ वर्षका दिन थाहानगरको जेसीज सभाहलमा हुने अन्तिम प्रतिस्पर्धाबाट मकवाननपुर आइल घोषण हुने मकवानपुर आईडलका मिडिया संयोजक रुपक कालीराजले बताए ।
अन्तरक्रिया कार्यक्रममा थाहानगरमा क्रियाशिल राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले मकवानपुर आईडललाई सफल बनाउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । अन्तरक्रियाको अवसरमा कला केन्द्रका अध्यक्ष मुक्तानले मकवानपुर आईडलको क्रममा अहिलेसम्म भएको र अन्तिम प्रतिस्पर्धाको लागि लाग्ने आम्दानी तथा खर्चको बिवरण समेत सार्वजनिक गरेको प्रति थाहानगर स्तरीय राजनीतिक दलका प्रमुखहरुले राम्रो कामको शुरुवात भनेका थिए । कार्यक्रमकै अवसरमा समाजसेवी राजेश केसीले १० हजार तथा एमाले थाहानगर कमिटि अध्यक्ष अच्युतमप्रसाद कालले १२ हजार रुपियाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।