मातृशिशु स्वास्थ्य सम्बन्धि अभिमुखीकरण
इटियसी नेपाल मकवानपुरले मातृशिशु स्वास्थ्य सम्बन्धि सल्लाहकार र सरोकारवालाबिच अभिमुखीकरण कार्यक्रम हेटौंडामा गरेको छ । संस्थाले चलाएको मातृ शिशु परियोजनाले गाउँ गाउँमा स्वास्थमा परिवर्तन आएको कार्यक्रममा दाबी गरिएको छ । पहिलो वर्षको परियोजनामा एक करोड ७५ लाख सात हजार एक सय रुपिया खर्च भएको इटिएससी नेपालका कार्यक्रम संयोजक इना सावाले बताउनुभयो । कार्यक्रमबाट मकवानपुरका नौ वटा गाविस लाभान्वित भएको र सय जना स्वास्थ्य स्वयम् सेवक सेविका परिचालन गरिएको संस्थाका उद्यम विकास अधिकृत डिकम्बर रुपाचाले बताउनुभयो । कार्यक्रममा हेटौंडा अस्पताल विकास समिती अध्यक्ष सुनील मोक्तान, हेटौंडा उपमहानगरपालिका शाखा अधिकृत जगन्नाथ सापकोटा, दुर्गा चौलागाईं, राप्रपाका तीन नम्बर क्षेत्रका अध्यक्ष सिताराम बर्तौला, मकवानपुरका जनस्वास्थ्य प्रमुख दिपक तिवारी, जनस्वास्थ्य निरिक्षक भीमसागर गुरागाई, इटिएसी नेपालका सहसचिव मानसिंह घलान, स्वास्थ्य विभाग प्रमुख देवेन्द्र राई, जिल्लाका विभिन्न गाविस लगायत सरोकारवाला निकायको प्रतिनिधीको सहभागिता रहेको थियो ।