जिल्ला स्तरिय भलिबल जारी

मकवानपुर जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मकवानपुर जिल्ला भलिबल प्रतियोगिता बज्रबाराहीमा जारी छ । नयाँ वर्षको अवसरमा प्यासेफिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मकवानपुर जिल्ला स्तरिय भलिबल प्रतियोगिता आईतबार बाट सुरु भएको हो । लिग चरणमा खेलाईएको प्रतियोगितामा ९ वटा टिम विच प्रतिस्पर्धा हुदै आएको छ । अाइतबारको सुरुवाती खेलमा बागेश्वरी युवाक्लबले संगम चोक युवा क्लबलाई पराजित गरेको छ । त्यसैगरि आजबाट फाईनलमा बागेश्वरी युवा क्लब र कालिका देवी बहुद्देश्यिय सहकारी संस्था प्रबेश गरेको छन । त्यसै गरि तेस्रोको लागि बज्रबाराही युवा क्लब र कुण्डलदेवि सहकारी संस्था विच खेल हुने भएको छ । प्रतियोगिताकाे फाइनल खेल तथा समापन कार्यक्रम मंगलबार हुने आयोजक संस्थाले जनाएको छ । 
प्रतियोगितामा प्रथम हुनेले ५० हजार द्धितिय हुनेले २५ हजार र तीतृय हुनेले १२ हजार ५ सय प्रमाण पत्र र मेडल  प्राप्त गर्ने छन् । आयोजक संस्थाले विगतको वर्ष देखी खेललाई निरन्तरता दिदै आएका खेल संयोजक प्रविण श्रेष्ठले जानकारी दिनुभयो
फाइल फाेटाे/थाहामा अायाेजित रूपचन्द्र विष्ट स्मृति भलिवल प्रतियाेगिता २०७१

All news in One Place