३१ बटुकको सामुहिक ब्रतबन्ध
गोरखनाथ कल्याण केन्द्र मकवानपुरको आयोजनामा थाहानगरको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ । ब्रतबन्धमा ३१ जना बटुकहरुको ब्रतबन्ध गराइएको छ ।
कार्यक्रममा गोरखनाथ कल्यण केन्द्र धार्के, धादिडका २५, तथा काठमाण्डौका ३५ जनाको आतिथ्य रहेको थियो । बटुकहरुको निःशुल्क रुपमा ब्रतबन्ध गरिएको हो । कार्यक्रममा गोरखनाथ मन्दिरमा भजन गाएर नाचगान पनि गरेका थिए ।
कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र काठमाण्डौका संरक्षक अनन्त प्रसाद खनाल, केन्द्रीय उपाध्यक्ष नारायण सुवेदी र सचिव नारायण सुवेदीको समेत उपस्थिती रहेको थियो ।
गोरखनाथ कल्यण केन्द्रले वर्षेनी थाहानगरमा सामुहिक ब्रतबन्ध कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले यस अघि थाहानगरको पाण्डुकेश्वर महादेव मन्दिरमा ब्रतबन्ध संचालन गर्दै आएकोमा यसवर्षबाट गोरखनाथ मन्दिरमा नै संचालन गरेको हो । संस्थाले धार्केमा ४६ जनाको सामुहिक ब्रतबन्ध गरिएको सरोज श्रेष्ठले बताए ।