बेचबिखनविरुद्ध रणनीतिक योजना बैठक
ग्रामीण महिला स्वावलम्बन संस्थाले मकवानपुरको थाहा नगरपालिकामा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना बैठक सम्पन्न गरेको छ ।
युएसएडको आर्थिक सहयोग, द एसिया फाउण्डेशन र विश्व शिक्षाको प्राविधिक सहयोग तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको समन्वय
मा बैठक भएको हो ।
आयोजक संस्थाका अध्यक्ष दिलबहादुर गोलेको अध्यक्षतामा भएको बैठकमा थहा नगरपालिकाका प्रतिनिधि, दामन, पालुङ र बज्रवाराहीका सचिब, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिका सदस्यहरु, वडा नागरिक मञ्चका संयोजकहरु लगायतको सहभागिता रहेको थियो ।
बैठकले थाहा नगरपालिकामा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना निर्माण गरेको छ । उक्त योजना थाहानगरपालिकाका संयुक्त कार्यालयमा राखिने संस्थाका सुपरभाइजर कुमार रुम्बाले बताए ।