गाउँको क्लबहरु चम्किएः चौकिटोल, हाम्रो सृजनशिल र नामटार विजयी
धर्मेन्द्र दाहाल ।
हेटौँडा/जिल्ला लिग फुटबलमा सोमबार भएको खेलहरुमा गाउँका क्लबहरु चम्किएका छन् । सोमबार भएको ३ खेल मध्य २ खेलमा ग्रामिण भेगबाट लिगमा पहिलो पटक सहभागिता जनाएको क्लबहरु विजयी बने ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको लिगको सोमबार भएको पहिलो खेलमा एफसी चौकिटोलले छिमेकी एफसी मल्टिभिजनलाई १–० को झिनो अन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा चौकिटोलका सुमन आलेमगरले खेलको छैठौ मिनेटमा गरेको गोल नै निर्णयक गोल बन्दा मल्टिभिजन निराश बन्नु पुग्यो । मल्टिभिजनले खेलमा राम्रो अवसरको उपयोग गर्न नसक्दा १–० को हार बेहोर्न वाध्य बन्यो ।
त्यसैगरि सोमबार दिउँसाे भएको दोश्रो खेलका पूर्वी मकवानपुर फापरबारीको हाम्रो सृजनशिल समाज फापरबारीले हटिया गैरीगाँउको प्रगतिशिल यूवा क्लबलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ । एक पक्षिय देखिएको खेलमा फापरबारीले खेलको ७ औ मिनेटमा वाबुराम माझीको गोलबाट अग्रता हाँसील गरेको थियो । खेलको ३५ औ मिनेटमा माझीलेनै ब्यक्तिगत दोश्रो तथा टिमको अग्रता २–० मा पु¥याए । खेलको ५२ औ मिनेटमा फापरबारीको तर्फबाट अस्विन लामाले टिमकोलागि तेश्रो गोल गरेपछि फापरबारी गहकिलो जिततर्फ अग्रसर बनेको थियो । आक्रमक खेल खेलेको फापरबारीको लागि चुनबहादुर पाख्रिङले खेलको ५९ औ मिनेटमा गोल गर्दै टिमलाई ४–० को जित दिलाए । खेलमा २ गोल गरेका माझी म्यान अफ द म्याच चयन भए ।
सोमबारनै भएको तेश्रो खेलमा हेटौँडा सिटीलाई २–१ ले पराजित गर्दै लिगमा पहिलो पटक सहभागिता जनाएको एफसी नामटारले सुखद सुरुवात गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने हेटौँडा सिटीले लिएको थियो । सिटीको तर्फबाट पहिलो हाफको अन्तिम मिनेटमा सुरेन्द्र अर्यालले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
१–० ले अघि बढेको सिटीले नामटारको चर्को दबाबलाई धेरै समयसम्म जोगाउन सकेन । दोश्रो हाफको छैठौ मिनेटमा नामटारको लागि रविन्द्र लामाले गोल गर्दै टिमलाई १–१ को बराबरीमा पु¥याए । गोल गर्ने धेरै अवसरलाई सदुपयोग गर्न नसकेको नामटारको लागि विजयी गोल भने खेलको ४७ औ मिनेटमा पुन रविन्द्र लामालेनै गरे । उनी नै प्रतियोगिताको म्यान अफ द म्याच भए ।
नतिजा
चौकिटोल १– ० एफसी मल्टिभिजन
हाम्रो सृजनशिल समाज ४ –० प्रगतिशिल युथ
एफसी नामटार २ – १ हेटौँडा सिटी
