गाउँमा खानेपानीको हाहाकार

एक वर्ष अघिको भूकम्पले खानेपानीको संरचनामा क्षति पुग्नुका साथै खानेपानीको मुहान सुकेपछि जिल्लाका एक लाख ६३ हजार ८ सय व्यक्तिा खानेपानीको समस्या भोग्दै आएका छन् । गाउँमा खानेपानीको हाहाकार   छ । भूकम्पले क्षति पु¥याएका खानेपानीका आयोजना पुननिर्माणको काम सुरु हुन नसक्दा ग्रामीण क्षेत्रका धेरै परिवार खानेपानी लिनका लागि घण्टौँको बाटो धाउन बाध्य भएका हुन । भूकम्पले मुहान सुकेपछि ग्रामीण क्षेत्रका सर्वसाधारण खानेपानीको सबै भन्दा मारमा परिरहेका छन् ।
भूकम्पमा परेर खानेपानीका संरचना भत्किएपछि मकवानपुरका २७ हजार ३ सय परिवारलाई खानेपानीको समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर हरिराम पौडेलले बताए ।खानेपानी डिभिजन कार्यालयमा खानेपानी योजनाहरु पुननिर्माण गर्नुप¥यो भनेर आउनेको संख्या धेरै भएको उनले जानकारी दिए । तर, बजेट निकासा नहुँदा काम गर्नका लागि समस्या भएको पौडेलले बताए । खानेपानी डिभिजन कार्यालयका प्राविधिकको निरीक्षण र निवेदन पर्न आएकासमेत गरी ४ सय ५७ वटा खानेपानी योजना निर्माण गर्नुपर्ने पौडेलले उल्लेख गरे ।
आयोजना निर्माणको काम नथाल्दा सुख्खायाम सुरु भएसँगै खानेपानीको ठुलै समस्या भोग्नु परेको स्थानीयको गुनासो छ । भूकम्पका कारण पानीको मुहानै सुकेको, खानेपानीका ट्याङकी निर्माण गर्नुपर्ने, पाइप मर्मत गर्नुपर्ने, मुहान मर्मत गर्नुपर्ने लगायतका समस्या रहेको खानेपानीका उपभोक्ता बताउँछन् ।
   भूकम्प लगतै प्राविधिकको निरीक्षणबाट  खानेपानीका ३ सय ९० वटा योजनाहरु मर्मत र पुननिर्माण गर्नुपर्ने भनेर प्राविधिक स्टमेटसहित बजेट माग गरिएको थियो । त्यतिबेला यसलाई पुननिर्माणका लागि खानेपानी डिभिजन कार्यालयले ५ करोड ७२ लाख ९० हजार रुपैयाँ माग गरेको थियो । तर रकम अहिलेसम्म नआउँदा खानेपानीको योजनाहरु त्यसै अलपत्र परेका छन् ।
भूकम्पबाट क्षति पुगेका अरु ६७ वटा योजनाको उपभोक्ताले निवेदन पनि दिएका छन् । उनीहरुको निवेदन फाइल गरेर मात्र राखिएको छ ।’ पौडेलले भने । काम गर्नका लागि बजेट नभएकाले सुख्खायामको समयमा उपभोक्ताहरु भने हैरान भएका छन् ।

All news in One Place