किशोरीलाई क्षमता अभिवृद्धि तालिम
चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीमा आवद्ध किशोरीहरुका लागि क्षमता अभिवृद्धि तालिम दिइएको छ । तालिममा सहकारीमा आवद्ध भएका तीसजना किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुलाई महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास निरीक्षक मन्दिरा थापाले सहजीकरण गरेकी थिइन् । तालिम दुईदिन संचालन भएको थियो ।
किशोरीलाई क्षमता अभिवृद्धि तालिम
चेतनशील महिला तथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड थाहानगर शिखरकोटको आयोजनामा तीनदिने सहकारी शिक्षा अभिमुखीकरण सम्पन्न भएको छ । तालिममा ६० जना सहकारीमा आवद्ध महिला विकास समूहका सहकारी सदस्यहरुको सहभागिता रहेको थियो । तालिम ११ वैशाखमा सम्पन्न भएको हो ।
तालिमका सहकागीहरुलाई महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास निरीक्षक मन्दिरा थापा, सहकाय निरीक्षक क्षेत्रमाया रायमाझीले सहजीकरण गरेका थिए ।