जर्नालिष्ट अफ द इयरबाट दाहाल पुरस्कृत

हेटौँडा/ मदन मेमोरियल ट्रष्टले हरेक वर्ष एन्फा जिल्ला लिगको समापनमा प्रदान गर्दै आएको मकवानपुर जिल्ला जर्नालिष्ट अफ द इयर २०७२ बाट हेटौँडा टुडेका समाचार संयोजक तथा बिकासखबरकर्मी धर्मेन्द्र दाहाल पुरस्कृत भएका छन् । जिल्ला फुटबल संघ मकवानपुरका प्रथम उपाध्यक्ष मनिष श्रेष्ठले आफ्ना पिताको नाममा स्थापना गरेको ट्रष्टले खेल क्षेत्रमा पत्रकारिताको माध्यमबाट विशिष्ट योगदान पु¥याएको भन्दै दाहाललाई १० हजार नगद सहित सम्मानपत्रले सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी नयाँ सबुज गणका गणपती अमरसिंह थापा, शिक्षाविद पुरन बहादुर जोशी, फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितका अतिथिहरुले पुरस्कृत गरेका थिए । जिल्ला लिगको सहित मकवानपुरे खेल क्षेत्रलाई अघि बढाउने उदेश्यले पत्रकारिता मार्फत योगदान दिएको भन्दै दाहाललाई पुरस्कृत गरिएको जिल्ला लिग फुटबल २०७२ का संयोजक दिपेन्द्र ढकालले बताए ।

All news in One Place